महान्यायाधिवक्ता डा. कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश

महान्यायाधिवक्ता डा. कँडेल नेपाल–बेलायत आवतजावतको अभिलेख झिकाउन आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेल नेपालबाट बेलायत आवतजावत गरेको अभिलेख प्रमाणित प्रतिलिपि झिकाउन आदेश गरेको छ ।

न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्तामा कँडेलको नियुक्ति बदर गर्न माग गर्दै दायर गरिएको रिट निवेदनमा प्रमाणित प्रतिलिपि झिकाउन मंगलबार आदेश गरेको हो ।

आदेशमा भनिएको छ, ‘महान्यायाधिवक्ता नियुक्ति गर्ने सम्बन्धी नेपाल सरकारबाट विक्रम संवत् २०८२–१२–२२ मा भएको निर्णय सहितको फायल पेसीको दिन देखाई फिर्ता लैजाने गरी महान्यायाधिवक्ताको कार्यालयमार्फत तथा २०१५ देखि सन् २०२४ सम्म डा. कँडेल नेपालबाट बेलायत आवतजावत गरेको अभिलेख प्रमाणित प्रतिलिपि अध्यागमन विभागबाट झिकाई नियमअनुसार पेश गर्नू ।’

अधिवक्ताहरू शिराज बराल, माधवकुमार बस्नेत र दीपकराज जोशीले महान्यायाधिवक्तामा कँडेलको नियुक्ति बदर गर्न माग गर्दै छुट्टाछुट्टै रिट निवेदन दायर गरिएको थियो ।