अख्तियारका डिआईजीदेखि प्रहरीको पुरै ‘सेट’ फेर्ने तयारी

अख्तियारका डिआईजीदेखि प्रहरीको पुरै ‘सेट’ फेर्ने तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालस्थित प्रहरी इकाईको पुरै ‘सेट’ परिवर्तन गर्ने भएको छ ।

गृह मन्त्रालयले अख्तियारमा कार्यरत प्रमुखसहित अधिकृत स्तरका सबै प्रहरी कर्मचारीको एकैपटक सरुवा गरी नयाँलाई पठाउन लागेको हो ।

अख्तियारमा प्रहरी नायब महानिरीक्षक (डिआईजी) को नेतृत्वमा प्रहरी युनिट कार्यरत छ । हाल अख्तियारको डिआईजीमा शेखर खनाल छन् । गत कात्तिकमा एसएसपीबाट डिआईडीमा बढुवा भएका खनाल मंसिरदेखि अख्तियारमा थिए ।

अख्तियारमा एसएसपी, एसपी, डिएसपी र प्रहरी निरीक्षक गरी करिब २० भन्दा बढी अधिकृतको दरबन्दी छ । श्रोतका अनुसार त्यसभन्दा तल्लो तहका प्रहरी कर्मचारीमध्ये पनि धेरैको सरुवा गर्ने तयारीमा मन्त्रालय छ ।


अख्तियारमा रहेका प्रहरीले भ्रष्टाचारसम्बन्धी उजुरीको अनुसन्धान, अभियोजन, सूचना र तथ्यांक संकलन, गोप्य निगरानी, गोप्य अपरेशन सञ्चालनदेखि कसुरदार वा आरोपीलाई पक्राउ गरी हिरासतमा राख्ने तथा अख्तियारका अनुसन्धान अधिकृतहरुलाई अनुसन्धानमा प्राविधिक सहयोग गर्नेसम्मका काम गर्छन् ।

‘अख्तियारको कामलाई थप प्रभावकारी बनाउन प्रहरीको सेटै परिवर्तन गर्न लागिएको छ’, गृहमन्त्रालय श्रोतले काठमाण्डु पाटीसँग भन्यो, ‘केही दिनभित्रै नयाँ ‘सेट’ गइसक्छ ।’
श्रोतका अनुसार गृहमन्त्री सुधन गुरुङको सक्रियतामा प्रहरी युनिट पुरै परिवर्तन हुन लागेको हो ।