धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ट्राफिक नियमको पूर्णपालना गर्न/गराउन सबैलाई अर्ती दिएका छन् ।
बिहीबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले दुर्घटनाबाट हुने सम्भावित जोखिमबाट बँच्न अनिवार्य रूपमा ट्राफिक नियम पालना गर्नुपर्ने बताए ।
मुख्यमन्त्री शाहले निवास परिसरमा हेलमेट नलगाई मोटरसाइकल चलाएको श्रव्यदृश्य साम्रगी सार्वजनिक भएपछि आलोचना भएको थियो । त्यसबारे स्पष्ट पार्दै उनले भने, ‘कानुनका अगाडि कोही सानो वा ठूलो हुँदैन । नियम सबैले पालना गर्नुपर्छ । सोहीकारण मैले पनि हेलमेट नलगाएर मोटरसाइकल चलाएको सामग्रीबारे आलोचना भएपछि जरिवाना तिरेको छु । आफ्नो सुरक्षाका लागि सबैले नियम पालना गर्नुपर्छ भन्ने सन्देश दिन सबैमाझ जरिवाना तिरेको विषय सार्वजनिक गरेको हुँ ।’
मुख्यमन्त्री शाहले जरिवानाबापत ५०० रुपैयाँ तिरेका थिए ।




प्रतिक्रिया