काठमाण्डु- यामाहा नेपालले सातै प्रदेशमा विभिन्न कार्यक्रम गर्दै आफ्नो ७१औं वार्षिकोत्सव मनाएको छ ।
कम्पनीले वार्षिकोत्सवको अवसरमा ग्राहक, कर्मचारी, डिलर तथा समुदायलाई समेटेर सेवा, सामाजिक उत्तरदायित्व र सडक सुरक्षा केन्द्रित गतिविधि सञ्चालन गरेको जनाएको छ ।
कम्पनीका अनुसार वार्षिकोत्सवको सुरूवात देशभरका यामाहा शोरूम, डिलरशिप तथा कम्पनीद्वारा सञ्चालित आउटलेटहरूमा एकैसाथ केक काटेर गरिएको थियो। यस अवसरमा कम्पनीमा २० वर्षदेखि निरन्तर सेवा गरेका कर्मचारीलाई सम्मान गरिएको थियो भने नेपालभरका १०० भन्दा बढी डिलर डिजिटल माध्यमबाट कार्यक्रममा सहभागी भएका थिए।
वार्षिकोत्सवका अवसरमा कम्पनीले देशभरका सेवा केन्द्रमा सबै ग्राहकलाई लेबर चार्जमा २५ प्रतिशत छुट उपलब्ध गराएको जनाएको छ।
साथै, ‘७ प्रदेश, ७ ग्राहक’ अभियानअन्तर्गत प्रत्येक प्रदेशबाट एक जना ग्राहकलाई सर्भिस चार्जमा १०० प्रतिशत क्यासब्याक प्रदान गरिएको कम्पनीले जनाएको छ। जुलाई १ मा मोटरसाइकल डेलिभरी लिने ग्राहकलाई विशेष वार्षिकोत्सव चकलेट पनि वितरण गरिएको थियो।
सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले धनगढी, पोखरा, काठमाडौं, भरतपुर, बर्दिबास र इटहरीलगायत सात स्थानमा रक्तदान कार्यक्रम सञ्चालन गरेको जनाएको छ। कम्पनीका अनुसार अभियानबाट करिब ३५० युनिट रगत संकलन गरिएको थियो। विराटनगरस्थित प्लान्टमा वृक्षारोपण कार्यक्रम पनि आयोजना गरिएको थियो।
पर्सामा यामाहाले खैरहनीस्थित श्री धर्मेश्वर आधारभूत विद्यालयमा अध्ययनरत सात जना विपन्न विद्यार्थीको कक्षा १२ सम्मको अध्ययन खर्च तथा आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
यसका साथै लामो समयदेखि यामाहा सवारी प्रयोग गर्ने ग्राहक, उच्च दूरी यात्रा पूरा गरेका राइडर, प्रि-ओन्ड सवारी व्यवसायी तथा लामो समयदेखि कार्यरत मेकानिकहरूलाई सम्मान गरिएको कम्पनीले जनाएको छ।
वार्षिकोत्सवकै अवसरमा काठमाडौंमा ट्राफिक व्यवस्थापनमा सहयोग पुर्याउन यामाहा नेपालले काठमाडौं प्रहरीसँग सहकार्य गर्दै सडक सुरक्षा सचेतना अभियान सञ्चालन गरेको जनाएको छ।




प्रतिक्रिया