हर्क साम्पाङ भन्छन्ः सरकारले सय दिनमा परिणाममुखी काम गर्न सकेन

हर्क साम्पाङ भन्छन्ः सरकारले सय दिनमा परिणाममुखी काम गर्न सकेन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) ले बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले सय दिनमा जनताले महसुस गर्ने गरी कुनै काम गर्न नसकेको टिप्पणी गरेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सय दिनमा परिणाममुखी काम हुन नसकेको बताए ।

राई दार्चुलामा झोलुङ्गे पुल उद्घाटन गरेर फर्किने क्रममा उनले सञ्चारकर्मीलाई भने, ‘,कोसिस उहाँहरूले गर्नुभएको हो । तर रिजल्ट चाहिँ जनतालाई त्यति महसुस भएको छैन’, उनले भने, ‘रिजल्ट महसुस हुनुपर्दछ । महँगी धेरै भयो, महंगी नियन्त्रण गर्नुपर्दछ ।’

महंगी नियन्त्रणका लागि आफूहरुले पटकपटक सरकारको ध्यानाकर्षण गराएको उनको भनाइ थियो ।

यद्यपि पछिल्लो समय सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएकामा सरकारको सराहना गरे ।