प्युठान – स्वर्गद्वारी नगरपालिका–४ बाझीपुरस्थित मुनलाईट होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।
होटल सञ्चालक सोही ठाउँ बस्ने ३७ वर्षीय पुर्ण बहादुर खड्का समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय प्युठानबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८५ हजार १ सय १२ रूपैयाँ र २४ बुक ताससहित पक्राउ गरेको छ ।
जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया