काठमाण्डु– हात्तीको आक्रमणमा परी चितवनमा आमाछोराको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–२३ बेलहट्टामा शनिबार राति घरमा सुतिरहेका बेला हात्तीको आक्रमणमा परी २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको हो ।
हात्ती धपाउन आशिकाका श्रीमान् पूर्णले आगो बाल्दा उनको कच्ची घरमा आगलागी समेत भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवले जानकारी दिए । आगो प्रहरी र स्थानीयको सहयोगमा निभाइएको थियो ।




प्रतिक्रिया