काठमाण्डु – चीनका वाणिज्य उपमन्त्री यान डोङ नेपाल भ्रमणमा आउँदै छन् ।
अर्थसचिव घनश्याम उपाध्यायको निमन्त्रणामा चिनियाँ उपमन्त्री डोङ नेपाल आउन लागेका हुन् । भ्रमणका क्रममा नेपाल-चीन संयुक्त आर्थिक तथा व्यापार समितिको बैठक बस्नेछ । बैठक मंगलबार बस्नेछ ।
सन् १९८३ मा स्थापना भएको यो समिति नेपाल र चीनबीच व्यापार, आर्थिक सहयोग, प्राविधिक सहायता तथा विकास साझेदारीलाई अघि बढाउने प्रमुख द्विपक्षीय संयन्त्र हो ।
बैठकमा दुवै पक्षले द्विपक्षीय व्यापार, आर्थिक तथा प्राविधिक सहयोग, चिनियाँ विकास सहायतासहितका विषयमा छलफल हुनेछ ।
यसैगरी पूर्वाधार तथा कनेक्टिभिटी आयोजना, सीमा सडक, ट्रान्जिट व्यवस्था, व्यापार सहजीकरण, क्वारेन्टाइन प्रयोगशाला, बैंकिङ सहकार्यलगायतका विषयमा बैठकले समीक्षा र छलफल गर्नेछन् ।
यो बैठक परराष्ट्रमन्त्री शिशिर खनालको हालै सम्पन्न बेइजिङ भ्रमणपछि हुन लागेको हो । उक्त भ्रमणमा नेपाल र चीनले नेपालमा सञ्चालित चिनियाँ सहयोगका परियोजनाहरूको प्रगति तथा आगामी सहकार्यका विषयमा विस्तृत छलफल गरेका थिए ।




प्रतिक्रिया