महिला टी-२० विश्वकपको फाइनल आज : उपाधिका लागि इंल्यान्ड र अस्ट्रेलिया भिड्दै

महिला टी-२० विश्वकपको फाइनल आज : उपाधिका लागि इंल्यान्ड र अस्ट्रेलिया भिड्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – आइसिसी टी–२० महिला विश्वकपको फाइनल खेल आइतबार राति हुँदैछ ।

उपाधिका लागि इंल्यान्ड र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुँदैछ। खेल नेपाली समयअनुसार राति ८ : १५ बजे लर्डसमा सुरु हुनेछ।

दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन्। समूह चरणका सबै पाँच खेल जितेको अस्ट्रेलिया समूह एकको र इंल्यान्ड समूह दुईको विजेता हुन्।

सेमिफाइनलमा इंल्यान्डले साउथ अफ्रिकालाई ४० रनले पराजित गरेको थियो। अस्ट्रेलियाले भने वेस्ट इन्डिजलाई ८ विकेटले हराएको थियो।