काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन्द्र साहको पछिल्लो १०० दिनको कार्यशैलीको प्रशंसा गरेका छन् ।
आइतबार पार्टी कार्यालय सानेपामा आयोजित सरकारको १०० दिने कार्यकालको समीक्षा कार्यक्रममा बोल्दै थापाले प्रधानमन्त्रीको ध्यान बालुवाटारको राजनीतिक व्यवस्थापनभन्दा सिंहदरबारबाट गरिने शासकीय जिम्मेवारीमा केन्द्रित हुनु सकारात्मक संकेत भएको उल्लेख गरे।
‘प्रधानमन्त्रीको काम गर्ने तरिका सिंहदरबार र बालुवाटारमा धेरै फरक देखिन्छ। सिंहदरबारमा बसेर गरिने शासकीय जिम्मेवारी नै प्रधानमन्त्रीको प्राथमिकतामा परेको छ,’ उनले भने ।
उनले विगतका सरकारहरूमा प्रधानमन्त्रीको समय गठबन्धन व्यवस्थापन, भागबन्डा र पार्टीभित्रको आन्तरिक राजनीतिमा बढी खर्च हुने गरेको भन्दै आलोचना गरे।
थापाले वर्तमान कार्यशैली फरक देखिएको बताउँदै यसलाई निरन्तरता दिनुपर्ने शुभेच्छा समेत व्यक्त गरेका छन्।




प्रतिक्रिया