ललितपुर – गोदावरी नगरपालिका–११ कुश्लेचौरस्थित मिलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
गोदावरी नगरपालिका–११ शेराफाँट बस्ने कोन्ज्योसोम गाउँपालिका–२ शंखु घर भएका ३६ वर्षीय श्याम प्रसाद चौलागाई समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त चापागाउँबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ६१ हजार ३९५ रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको छ ।
जुवातास सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया