बीपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री मेहता

बीपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छ : स्वास्थ्यमन्त्री मेहता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सुनसरी – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सेवा विस्तार, पूर्वाधार विकास तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

आईतबार गृहमन्त्री सुधन गुरुङसँगै प्रतिष्ठानको निरीक्षण गर्दै उनले नवनिर्मित मातृत्व तथा बाल स्वास्थ्य सेवा केन्द्र (एमसीएच) भवनलाई आवश्यक जनशक्ति, स्वास्थ्य उपकरण तथा व्यवस्थापनसहित यथाशीघ्र सञ्चालनमा ल्याइने जानकारी दिए ।

उनले एमसीएच भवन सञ्चालनमा आएपछि पूर्वी नेपालका सेवाग्राहीले गुणस्तरीय मातृ तथा शिशु स्वास्थ्य सेवा सहज रूपमा प्राप्त गर्ने विश्वास व्यक्त गरे ।

मन्त्री मेहताले प्रतिष्ठानमा एमआरआई सेवा पनि यथाशीघ्र सञ्चालनमा ल्याइने बताउँदै अत्याधुनिक उपकरणको व्यवस्था गरी विशेषज्ञसहितको स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउने मार्गमा मन्त्रालय प्रतिबद्ध रहेको उल्लेख गरे ।

प्रतिष्ठानको हाताभित्र निर्माण सम्पन्न भएको एमसीएच भवन सञ्चालनसँगै आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी तथा प्राविधिक जनशक्तिको व्यवस्थापन, आधुनिक उपकरण जडान तथा सेवा सञ्चालनलाई प्रभावकारी बनाउनु सरकारको पहिलो प्राथमिकतामा रहेको उनले प्रतिबद्धता जनाए ।

पूर्वाधार निर्माणसँगै त्यसको प्रभावकारी उपयोग तथा गुणस्तरीय सेवा प्रवाह सुनिश्चित गर्न मन्त्रालयले विशेष योजना बनाउने उल्लेख गर्दै मन्त्री मेहताले यस प्रतिष्ठान पूर्वी नेपालको मात्र नभई राष्ट्रिय महत्वको स्वास्थ्य प्रतिष्ठान भएकाले यसको सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन सबै पक्षबिच समन्वय आवश्यक रहेको धारणा राखे ।

प्रतिष्ठानमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक सहयोग तथा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले अध्ययन अध्यापन स्वास्थ्य सेवा तथा अनुसन्धानलाई थप सुदृढ बनाउन प्रतिष्ठानलाई योजनाबद्ध रूपमा अघि बढ्न निर्देशन दिए ।