काठमाण्डु– नेकपा एमालेका महासचिव शंकर पोखरेलले रास्वपा र उसको नेतृत्वको सरकारका मन्त्रीहरूले पपुलिजम के हो भन्ने प्रष्ट पारेको बताएका छन् ।
सोमबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै महासचिव पोखरेलले चुनाव अघि र पछि फरक फरक कुरा गरेर सस्तो लोकप्रियता ‘पपुलिजम’ को रूप देखाएको बताएका हुन् ।
उनले पपुलिजम (सस्तो लोकप्रियता) को एउटा रूप भन्दै लेखेका छन् ‘चुनावका बेला बालेन्द्र शाह ‘गोजीमा पैसा नभएका जनताले पनि पढ्न र स्वास्थ्य उपचार पाउनुपर्छ, यही हो हाम्रो एजेन्डा। चुनावपछि अर्थमन्त्री स्वर्णिम वाग्ले’३५ सय रुपैयाँ बीमा शुल्क लिएर १ लाखको उपचार गराउन सम्भव छैन।’
उनले जनभावना विपरितका कुराको जनस्तरवाट विरोधहुँदा समेत प्रधानमन्त्री बालेन्द्र शाहले कुनै मतलव नगरेको बताएका छन्, उनले लेखेका छन् ‘तल्लो तहका नागरिकलाई सघाउन शिक्षा र स्वास्थ्य कर ल्याइएको हो, चुनावअघि र चुनावपछिको रास्वपाका यी विरोधाभासी कुरा सुनेपछि अब त पपुलिजम के रहेछ भन्ने प्रष्ट भयो होला नि ? अचम्म त के छ भने, जनभावना विपरितका यस्ता कुराको जनस्तरवाट विरोधहुँदा समेत प्रधानमन्त्री बालेन्द्र शाह भन्दैछन्- ‘ढुक्क हुनुस्, देश बन्छ !’




प्रतिक्रिया