काठमाण्डु– सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद् रमेश प्रसाईंले सुर्खेतबाट कर्णाली नदीमा खसेर गाडी दुर्घटना भएको घटनामा उद्धारमा ढिलाई हुनुको कारणबारे गृहमन्त्री सुधन गुरुङले जवाफ दिनुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रसाईंले भीरमा खसेर ज्यान बचाउन गुहार माग्दा माग्दै नागरिकको ज्यान गएको विषय गम्भीर भएको बताए ।
उनले भविष्यमा सवारी दुर्घटना न्यूनीकरणका लागि सरकारले तय गरेका रणनीतिबारे गृहमन्त्रीले सदनको रोष्ट्रमबाटै जवाफ दिनैपर्ने उनको भनाइ थियो ।
‘हालसालै जुन दुर्घटना कर्णाली राजमार्गम भयो । सरकारले उद्धारका लागि आफ्नो सम्पूर्ण क्षमता परिचालन गर्यो कि गरेन ? के मान्छे भिरमा अड्किएर हार गुहार गरेको र विपक्षी मित्रहरूले भनेजस्तै लापरबाही भएको साँचो हो ?’, उनले भने, ‘भविष्यमा कर्णाली राजमार्गमा यस्ता दुर्घटना दोहोरिन नदिन सरकारसँग दीर्घकालीन योजनाहरू के–के छन् ? गृहमन्त्रीले यो रोस्ट्रममा उभिएर उत्तर दिनैपर्छ ।’
त्यसअघि विपक्षी दलका सांसदले कर्णाली नदीमा गाडी खसेर यात्रुहरु बेपत्ता भएको विषयमा सरकार बेखबर रहेको र उद्धारमा चासो नदिएको भन्दै सरकारको आलोचना गरेका थिए ।




प्रतिक्रिया