आङ्देम्बेले स्वर्णिमलाई सोधेः बिवाइडी प्रकरणमा आफ्नै कर्मचारीबाट छानिबन गराएर सुनपानी छर्किनुलाई सुशासन भन्नुहुन्छ ?

आङ्देम्बेले स्वर्णिमलाई सोधेः बिवाइडी प्रकरणमा आफ्नै कर्मचारीबाट छानिबन गराएर सुनपानी छर्किनुलाई सुशासन भन्नुहुन्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रमुख प्रतिपक्षी कांग्रेस संसदीय दलका नेता भीष्मराम आङ्देम्बेले बिवाइडी गाडीसको राजस्व छली प्रकरणमा अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासनको धज्जी उडाएको दाबी गरेका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा विशेष समय मागेर बोल्दै उनले उक्त प्रकरणमा वाग्लेले आफूले आफैंंलाई निर्दोष घोषणा गरेर चोख्याएको आरोप लगाए ।

बजेट सार्वजनिक हुनुअघि नै राजस्वका दर चुहाएको विषयले सरकारको वास्तविक अनुहार जनताले देखेको टिप्पणी उनको थियो ।

‘अर्थमन्त्रीमाथि राजस्वको दर परिवर्तनसम्बन्धी गोप्य सूचना चुहाएर निश्चित व्यापारीलाई फाइदा पुर्‍याएको गम्भीर आरोप लाग्यो । ७ सय भन्दा बढी बिवाइडी गाडी नियन्त्रणमा लिएको जस्तो गरियो’, उनले भने, ‘आरोप लागेकै मन्त्रीले आफ्नो मन्त्रालयका कर्मचारीको नेतृत्वमा समिति बनाएर आफैले चोख्याउने काम गर्‍यो । के यही हो सुशासन ? आफूले आफैंलाई निर्दोष घोषणा गर्ने हो भने जनताले कसरी विश्वास गर्ने ?’

विगतका उस्तै घटनामा वाग्लेले अरुमाथि ‘सुनपानी छर्केर चोख्याएको’ आरोप लगाएको उनले स्मरण गरे ।

सुशासनको मापन भाषणबाट नभई निष्पक्ष छानबिनबाट हुने भन्दै उनले सरकारसँग नैतिक साहस भए त्यस प्रकरणमाको स्वतन्त्र न्यायिक वा उच्चस्तरीय छानबिन समितिमार्फत छानबिन गराउन सरकारलाई चुनौती दिए ।

अन्यथा सुशासनको नारा केवल जनतालाई झुक्याउने राजनीतिक नारा मात्र भएको पुष्टि हुने टिप्पणी उनको छ ।