बालेनमाथि भिष्मराजको व्यंग्यः एक्सप्रेस–वेमा मुलुक हाँक्ने प्रधानमन्त्रीको देशमा ६ को बहुमत तीन हुन्छ

बालेनमाथि भिष्मराजको व्यंग्यः एक्सप्रेस–वेमा मुलुक हाँक्ने प्रधानमन्त्रीको देशमा ६ को बहुमत तीन हुन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक भिष्मराज आङ्देम्बेले ६ सदस्यीय संवैधानिक परिषदमा ३ सदस्यको उपस्थितिलाई बहुमत भनिनु गैरसंवैधानिक र गैरलोकतान्त्रिक भएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभामा विशेष समय लिएर बोल्दै उनले ६ जनाको परिषद्मा तीन जनाको उपस्थितिलाई कसरी बहुमत भनिन्छ भनेर प्रश्न गरेका थिए ।

एक्सप्रेस–वेमा देश हाँकेको चमत्कारिक प्रधानमन्त्रीको देशमा ६ को बहुमत तीन भएको भन्दै उनले व्यंग्य गरे ।

संविधानविपरीतको उक्त अलोकतान्त्रिक अभ्यासको कांग्रेसले निन्दा गर्ने आङ्देम्बेको भनाइ थियो ।

‘यो सरकार बनेको सय दिनमा लोकतान्त्रिक अभ्यासलाई कमजोर पारिएको छ । संसारमा कहीँ पनि नभएको ६ जनाको संवैधानिक परिषद्मादा तीन जनाको उपस्थिततिलाई बहुमत कसरी भनिन्छ ? तर, त्यसै भनिएको छ’, उनले भने, ‘ मलाई लाग्छ, चमत्कारिक युवा प्रधानमन्त्री भएको एक्स्प्रेस–वेमा देश हाँकेका प्रधानमन्त्रीको देशमा यही भयो, कहीँ नहुने कुरा यहीँ भयो । हामीले गौरब गर्न सक्ने कुरा फेरि एउटा आश्चर्य यहाँबाट थपियो ।’

त्यसले सहमतिको संस्कृतिलाई कमजोर बनाएको र संवैधानिक निकायलाई स्वतन्त्र नभई सरकारको मातहतमा ल्याउने प्रयास भएको आरोप उनको छ ।

‘लोकतान्त्रिक प्रक्रियालाई बलियो बनाउने नभई कमजोर बजाउने काम सरकारले गरेको छ । नेपाली कांग्रेस गैरसंवैधानिक कार्यलाई स्वीकार गर्दैन, त्यसको निन्दा गर्छ’, उनले भने ।