काठमाण्डु – नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स खरिद भ्रष्टाचार मुद्दामा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई अदालतले सफाइ दिएको छ ।
विशेष अदालतका न्यायाधीशत्रय हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सोमबार फैसला सुनाउँदै प्राधिकरणका पूर्व अध्यक्ष दिगम्बर झासहित ३ जनालाई दोषी ठहर गरेको छ ।
अदालतले पूर्वमन्त्री मोहनबहादुर बस्नेतविरुद्ध लगाइएको आरोप पुष्टि हुन नसकेको ठहर गरेको छ । बस्नेतसँगै प्राधिकरणका पूर्वअध्यक्ष पुरुषोत्तम खनाल, अच्युतानन्द मिश्र, सुरेन्द्रलाल हाडा, रेवतीराम पन्थ लगायत १९ जना प्रतिवादीहरूले सफाइ पाएका छन् ।
परामर्शदाता कम्पनी ुभ्यानराइज सोलुसन्सुलाई पनि अदालतले सफाइ दिएको जनाइएको छ ।




प्रतिक्रिया