काठमाण्डु – सरकारले अर्थ मन्त्रालय अन्तर्गतका २ महत्त्वपूर्ण विभागमा नयाँ नेतृत्व नियुक्त गरेको छ ।
भन्सार विभागको महानिर्देशकमा सहसचिव यमलाल भुसाल तथा आन्तरिक राजस्व विभागको महानिर्देशकमा सहसचिव डा. भीष्मकुमार भुसाललाई नियुक्त गरिएको छ ।
भन्सार विभागका निमित्त महानिर्देशक भरतमणि पाण्डेयलाई अर्थ मन्त्रालय बाहिर सरुवा गरिएको छ । भन्सार विभागको उपमहानिर्देशकमा सहसचिव प्रेमप्रसाद आचार्यलाई नियुक्त गरिएको छ ।
आन्तरिक राजस्व विभागका महानिर्देशक रमेश अर्याललाई पनि अर्थ मन्त्रालय बाहिर सरुवा गरिएको छ । उनको स्थानमा डा. भीष्मकुमार भुसालले जिम्मेवारी सम्हाल्नेछन् ।
नयाँ जिम्मेवारी पाएका यमलाल भुसाल, डा. भीष्मकुमार भुसाल र प्रेमप्रसाद आचार्य तीनै जना सहसचिव हालै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार अर्थ मन्त्रालयमा सरुवा भएर आएका अधिकारी रहेका छन् ।




प्रतिक्रिया