फिफा विश्वकप- रोनाल्डोको पोर्चुगल घर फर्कियो, स्पेन क्वार्टरफाइनलमा

फिफा विश्वकप- रोनाल्डोको पोर्चुगल घर फर्कियो, स्पेन क्वार्टरफाइनलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– फिफा विश्वकपको राउन्ड अफ–१६ अन्तर्गत भएको रोमाञ्चक प्रतिस्पर्धामा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ ।

अमेरिकाको डलास खेलमैदानमा भएको खेलमा निर्धारित ९० मिनेटसम्म दुवै टोलीले गोल गर्न नसकेपछि खेल अतिरिक्त समयमा जाने सङ्केत देखिएको थियो । तर खेलको दोस्रो हाफको अतिरिक्त समयमा मिकेल मेरिनोले निर्णायक गोल गर्दै स्पेनलाई महत्वपूर्ण जित दिलाए ।

यो जितसँगै स्पेन विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ भने पोर्चुगलको उपाधि यात्रा राउन्ड अफ–१६ मै समाप्त भएको छ ।

यसैबीच, स्पेन १६ वर्षपछि विश्वकपको क्वाटरफाइनलमा प्रवेश गरेको हो । यसअघि सन् २०१० मा विश्वकप च्याम्पियन बनेको स्पेन त्यसयता क्वाटरफाइनलमा पुग्न सकेको थिएन ।

अन्तिम समयमा विजयी स्पेन विजयी भएसँगै पोर्चुगल विश्वकपबाट बाहिरिएको छ ।

यस्तैमा स्पेनले विश्वकप इतिहासमा लगातार सबैभन्दा धेरै खेलमा गोल नखाएको नयाँ कीर्तिमान बनाएको छ ।

सोमबार भएको खेलमा स्पेनले लगातार छ खेलसम्म विपक्षीलाई गोल गर्न नदिई नयाँ इतिहास रचेको हो ।