काठमाण्डु– फिफा विश्वकप २०२६ राउन्ड अफ–१६ अन्तर्गत अमेरिकालाई हराउँदै बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेको छ।
भर्खरै भएको खेलमा सह–आयोजक अमेरिकालाई ४–१ गोलले हराउँदै बेल्जियम अन्तिम ८ मा पुगेको हो ।
बेल्जियमका लागि चार्ल्स डे केटेलारेले २ , हान्स भानाकेन र रोमेलु लुकाकुले एक–एक गोल गरे भने अमेरिकाकालागि मालिक टिलम्यानले एक गोल फर्काए।
डे केटेलेरले अमेरिकाविरुद्ध पहिलो गोल गरेर सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि केललेरले ५७ औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। बेल्जियमका एन रास्किनले ३३ औँ मिनेटमा टिमका लागि दोस्रो गोल गरे। दोस्रो हाफको इन्जुरी समयमा लुकाकुले गोल गर्दै बेल्जियमलाई ४–१ को जित दिलाएका हुन्।
बेल्जियमले अब सेमिफाइनल प्रवेशका लागि स्पेनसँग खेल्नेछ।




प्रतिक्रिया