नाइमा अटो एक्स्पो साउन २६ देखि : ५१ स्टलमा ५५ ब्राण्डका ४० भन्दा बढी नयाँ गाडी लन्च हुने

नाइमा अटो एक्स्पो साउन २६ देखि : ५१ स्टलमा ५५ ब्राण्डका ४० भन्दा बढी नयाँ गाडी लन्च हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६ मा ४० भन्दा बढी नयाँ गाडी लन्च हुने भएको छ । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले सोमबार एक कार्यक्रमको आयोजना गर्दै ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ गाडी लन्च हुने जानकारी दिएको हो ।

यो अटो एक्स्पो साउनको २६ देखि ३१ गतेसम्म काठमाण्डुको भृकुटीमण्डपमा आयोजना हुने छ । नेपालकै सबैभन्दा ठूलो अटोमोबाइल तथा मोबिलिटी एक्सपोका रूपमा आयोजना हुने यस प्रदर्शनीमा ५१ स्टल रहने बताइएको छ ।

एक्सपोमा दुईपाङ्ग्रे, चारपाङ्ग्रे, कमर्सियल भेहिकल, इलेक्ट्रिक तथा हाइब्रिड मोबिलिटी सोलुसन, प्रविधि, सेवा तथा मोबिलिटीसम्बन्धी अन्य उत्पादनहरू समेटिनेछन् ।

पत्रकार सम्मेलनमा नाइमा अध्यक्ष रितु सिंह वैद्यले एक वर्षअघि नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरू समेट्ने २१ सदस्य कम्पनीबाट सुरु भएको र हाल ३६ प्रमुख सदस्य कम्पनीमा विस्तार भएको जानकारी दिइन् । उनका अनुसार, यो वृद्धि उद्योग क्षेत्रले नाइमाप्रति देखाएको विश्वास, एकीकृत प्लेटफर्मको आवश्यकता र नेपालको मोबिलिटी क्षेत्रको जिम्मेवार आवाजका रूपमा नाइमाको बढ्दो भूमिकाको स्पष्ट प्रतिबिम्ब हो।

वैद्यले गत वर्षको प्रिमियम अनुभवलाई अझ परिस्कृत गर्दै सन् २०२६ को संस्करणलाई थप व्यवस्थित, सहज, समावेशी र आगन्तुकमैत्री बनाइने बताइन् ।

यस वर्षको एक्सपोको अर्को प्रमुख आकर्षण नेपाल पुलिस क्लबमा लर्निङ सेसनहरु आयोजना हुनेछन् । यी सेसनहरुमा सहभागी हुन कुनै शुल्क तिर्नुपर्दैन ।

यी सत्रहरू विज्ञ, पेशाकर्मी, शिक्षाविद्, उद्योग नेतृत्व तथा प्रभावशाली व्यक्तित्वहरूको नेतृत्वमा सञ्चालन हुनेछन् । सत्रहरूमा मोबिलिटी, प्रविधि, सडक सुरक्षा, उपभोक्ता सचेतना, सीप, रोजगारी र नेपालको मोबिलिटी क्षेत्रको भविष्यजस्ता विषय समेटिने बताइएको छ ।

एक्सपोमा को–स्पोन्सरका रुपमा ग्लोबल आईएमई बैंक रहने छ । एनएमबी बैंक लिमिटेड र सिद्धार्थ बैंक लिमिटेड बैंकिङ पार्टनर, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड इन्स्योरेन्स पार्टनर, बोस नेपाल प्रविधि पार्टनर, पठाओ प्राइभेट लिमिटेड राइड पार्टनर रहेका छन् ।

यस्तै ग्लोबल कलेज अफ म्यानेजमेन्ट एजुकेसन पार्टनर, एजाइल इन्जिनियरिङ सोलुसन्स र अग्नि इनर्जी प्रालि चार्जिङ पार्टनर, एक्वा मिनरल्स प्रालि हाइड्रेसन पार्टनर, आईएमई खल्ती लिमिटेड टिकटिङ पार्टनर रहेका छन् ।

यस्तै द सोल्टी काठमाण्डु हस्पिटालिटी पार्टनर, नर्भिक इन्टरनेसनल अस्पताल हेल्थ पार्टनर, वत्सल इम्पेक्स सर्भिलेन्स पार्टनर र हिट्को प्राइभेट लिमिटेड अग्नि तथा सुरक्षा पार्टनरको रुपमा पार्टनरका रूपमा आबद्ध छन् ।

यस्तै, बर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेड कनेक्टिभिटी पार्टनर, पायोनियर इभेन्ट म्यानेजमेन्ट अडियो–भिजुअल पार्टनर, युनियन पे क्यूआर पार्टनर, डिजिपल सोलुसन्स डिजिटल पार्टनर, एटीएस नेपाल सवारी सुरक्षा तथा पार्किङ समाधान पार्टनर, प्रफिट मिडिया प्रकाशन पार्टनर तथा मिडिया स्पेस सोलुसन्स इभेन्ट म्यानेजमेन्ट पार्टनर रहेका छन् ।