काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई गाली गरेर बनाएको भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेको आरोपमा पक्राउ परेका युवक जेल चलान भएका छन् ।
जिल्ला अदालत पाँचथरले फाल्गुनन्द गाउँपालिका–७ का रोशन पोखरेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
न्यायाधीश कुमार मास्केको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको अदालत प्रशासनले जनाएको छ ।
युट्युबमा प्रधानमन्त्री शाह लक्षित अपमानजनक सामग्री अपलोड गरेको आरोपमा प्रहरीले गत चैत अन्तिम साता पक्राउ गरेको थियो ।
प्रहरी र सरकारी वकिलले पोखरेलविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत जिल्ला अदालतमा मुद्दा दर्ता गराएका थिए ।
सार्वजनिक जीवनमा भएको व्यक्तिबारे टिप्पणी गर्न मिल्ने भन्दै व्यापक विरोध भएपछि प्रहरीले तीन दिनपछि रिहा गरेको थियो ।




प्रतिक्रिया