आफ्नो राजीनामा माग्ने स्वास्थ्यकर्मीलाई स्वास्थ्यमन्त्रीले पक्राइन्

आफ्नो राजीनामा माग्ने स्वास्थ्यकर्मीलाई स्वास्थ्यमन्त्रीले पक्राइन्

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुर– स्वास्थ्यमन्त्री निशा मेहताको निर्देशनमा प्रहरीले स्वाथ्यका कर्मचारी पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धनुषाका नवेश अधिकारी छन् ।

अधिकारी एक निजी स्वास्थ्य संस्थामा ‘हेल्थ असिस्टेन्ट’ का रुपमा कार्यरत छन् ।

अधिकारीले सामाजिक सञ्जालमार्फत स्वास्थ्यमन्त्री निशा मेहताको राजीनामा मागेका थिए । अधिकारी पक्राउ प्रकरणको स्वास्थ्यकर्मीले विरोध जनाएका छन् ।

मन्त्री मेहताको कार्यशैलीबारे उनले लगातार सामाजिक सञ्जालमार्फत विरोध गर्दै आएका थिए । पछिल्लोपटक शनिबार अधिकारीले मन्त्री मेहतालाई ‘माफिया मन्त्री’ लेखेका थिए ।

धनुषा प्रहरीले साइबर अपराधको कसुरमा अधिकारीलाई सोमबार जनकपुरबाट पक्राउ गरिएको र थप अनुसन्धान जारी रहेको जनाएको छ ।