उपसमिति संयोजकमा दलहरुबीच कुरा नमिल्दा लेखा समिति संयोजक बैठक स्थगित

उपसमिति संयोजकमा दलहरुबीच कुरा नमिल्दा लेखा समिति संयोजक बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक बेरुजु छलफल उपसमिति गठनको विषयमा सहमति जुट्न नसकेपछि स्थगित भएको छ ।

आन्तरिक कार्यविधि पारित गर्ने र बेरुजु सम्बन्धी छलफलका लागि उपसमिति गठन गर्ने विषयमा छलफल गर्न मंगलबार बिहान सिंहदरबारमा समितिको बैठक बसेको थियो ।

उपसमिति संयोजकमा दलहरुबीच सहमति जुट्न नसकेपछि बैठक मंगलबारै तीन बजे बस्ने तरी स्थगित गरिएको समिति सदस्यहरुले बताएका छन् ।

सार्वजनिक लेखा समितिले विभिन्न विषयगत पाँच उपसमिति गठन गर्ने तयारी गरेको छ ।

समितिले अर्थ तथा सुशासन, राज्य सुरक्षा, न्याय, कानून तथा प्रशासन, भौतिक पूर्वाधार, प्राकृतिक स्रोत तथा वातावरण, आर्थिक उत्पादन, विज्ञान तथा मानव पुँजी तथा सामाजिक न्याय, कल्याण एवं समावेशीकरण गरी पाँच उपसमिति गठन गर्न चाहेको छ ।