काठमाण्डु– सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।
नेप्से २४.५७ अंकले बढेसँगै २६५१.६८ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । नेपाल राष्ट्र बैंकले लचिलो नीतिसहित आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि मौद्रिक नीति ल्याउने चर्चाका बीच लगातार घट्दै आएको सेयर बजारमा केही सुधार देखिएको हो ।
बजार बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । अघिल्लो कारोबार दिन ३ अर्ब ५५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा मंगलबार कारोबार रकम बढेर ४ अर्ब ४० करोड रुपैयाँ पुगेको छ ।
यस दिन ३५२ वटा धितोपत्रका ९५ लाख १९ हजार ४५२ कित्ता सेयर किनबेच भए । कारोबार भएका कम्पनीमध्ये २१० वटाको सेयर मूल्य बढेको छ भने ५७ वटाको घटेको छ । यस्तै, १० कम्पनीको सेयर मूल्य स्थिर रहे ।
मंगलबार कालंगा हाइड्रोको सेयर मूल्य सर्वाधिक १४.९९ प्रतिशतले बढेको छ । कम्पनीको सेयर मूल्य वृद्धि भई प्रतिकित्ता ५१६ रुपैयाँ ४० पैसा कायम भएको छ ।
त्यसैगरी, आरबिबी फोकस ४० को इकाइ मूल्य १३.८५ प्रतिशतले वृद्धि हुँदै १० रुपैयाँ ३६ पैसा पुगेको छ ।
आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सर्वाधिक घट्यो । कम्पनीको सेयर मूल्य १३.७८ प्रतिशतले घटेर प्रतिकित्ता ५ हजार ८६० रुपैयाँमा सीमित भएको छ ।
कारोबार रकमका आधारमा मंगलबार १० प्रतिशत केबिएल डिबेन्चर २०९० शीर्ष स्थानमा रहेको छ । उक्त डिबेन्चरको २० करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यसको मूल्य अघिल्लो दिनको तुलनामा ०।८२ प्रतिशतले घटेर प्रतिकित्ता १ हजार २१५ रुपैयाँ कायम भएको छ ।
त्यस्तै, दोस्रो उच्च कारोबार हुने धितोपत्रमा १०.३५ प्रतिशत एग्रिकल्चर बैंक डिबेन्चर २०८३ रहेको छ। उक्त डिबेन्चरको १७ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
मंगलबार कारोबारमा आएका सबै १३ वटा समूहगत परिसूचक वृद्धि भएका छन् । सबै समूहको परिसूचक सकारात्मक रहँदा समग्र नेप्से परिसूचक पनि उकालो लागेको हो ।




प्रतिक्रिया