काठमाण्डु – राष्ट्रिय सभाको मंगलबारको बैठकले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’लाई पारित गरेको छ ।
बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
प्रस्तावलाई राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ प्रस्तुत गर्दै बहुमतले पारित भएको घोषणा गरेका थिए ।
यसअघि बैठकमा विनियोजन विधेयक–२०८३ अन्तर्गत सांसद सम्झना देवकोटा, मीनासिंह रखाल र सोमनाथ पोर्तेलले विभिन्न शीर्षकमा प्रस्तुत खर्च कटौतीका प्रस्ताव राखेका थिए । खर्च कटौतीका प्रस्तावलाई बहुमतले अस्वीकृत गरेको थियो ।




प्रतिक्रिया