काठमाण्डु– बाढी पूर्वानुमान महाशाखाका अनुसार आज सिन्धुपाल्चोकसहित ७ जिल्लामा बाढीको जोखिम हुने सम्भावना देखिएको छ।
बाढी महाशाखाका अनुसार आज पाल्पा, दाङ, कपिलवस्तु, रूपन्देही, सिन्धुपाल्चोक, दोलखा, भोजपुर र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम सम्भावना छ।

यस्तै आज अविरल वर्षा र पहिरोका कारण विभिन्न ६ राजमार्गहरू अवरुद्ध भएका छन् । विवरण अनुसार कोशी, बागमती, लुम्विनी र कर्णाली प्रदेशका सडक खण्डहरू पूर्ण रूपमा बन्द भएका हुन् ।
कोशी प्रदेशको मेची राजमार्ग अन्तर्गत इलामको राजदुवालीमा अविरल वर्षाका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै बिपी राजमार्गको खुर्कोट–नेपालथोक खण्ड, मकवानपुरको इन्द्रसरोवर क्षेत्रमा सडक मर्मतको काम भइरहेकाले कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड पूर्ण अवरुद्ध बनेको छ ।
यस्तै पाल्पाको रीम्दीकोटको पाल्पा–गुल्मी सडक खण्ड र रुकुम पश्चिमको भेरी करीडोर बाढीका कारण पूर्ण अवरुद्ध बनेको छ ।





प्रतिक्रिया