काठमाण्डु– एमाले सांसद् यशोदा कुमारी बरालले सरकारले ल्याएको महिलामैत्री निलो बस ७७ जिल्लामै सञ्चालन हुने हो कि फेसबुकको भित्तामै मात्र सीमित रहने हो भन्दै प्रश्न गरेकी छन्। बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो प्रश्न गरेकी हुन् ।
उनले भनिन् ‘निलो बस ७७ जिल्लाका ७५३ वटै स्थानीय तहमा चल्ने हो कि फेसबुकको भित्तामै मात्र ? सरकारले फेसबुकको भित्ता रंग्याएर देखावटी मात्र गरेको हो ?’
त्यस्तै, उनले प्रधानमन्त्रीको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्ति दिएको ४० दिन बितिसक्दा पनि उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट नहटाइएको भन्दै आपत्ति जनाइन्। उनले प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन मागसमेत गरिन्।
बरालले सुकुमबासीको विषय उठाउँदै, सुकुमबासी जनता हुन् कि होइनन् ? उनीहरूले बाँच्न पाउने अधिकार छ कि छैन ?उनीहरूलाई २५ हजार रुपैयाँ थमाएर सडकमा धकेल्दा मानवअधिकार हनन हुन्छ कि हुँदैन ? भन्दै सरकारसँग प्रश्न गरिन्।




प्रतिक्रिया