राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका व्यक्तिको पहिचान खुल्यो

राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका व्यक्तिको पहिचान खुल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका व्यक्तिको परिचय खुलेको छ ।

मुगु घर भई भक्तपुर बस्ने २५ बर्षका गणेश नेपालीले विभागको ३ नम्बर गेटअगाडि बिहीबार दिउँसो शरीरमा आगो लगाएका हुन् ।

काठमाण्डु महानगरपालिको नगरप्रहरीले मोटरसाइकलमा जथाभावी पार्किङ गरेको भनेर उनको मोटरसाइकलमा ह्वील लक लगाएको पाएपछि उनले आफ्नै मोटरसाइकलको पेट्रोल निकालेर शरीरमा आगो लगाएका हुन् ।

उनको शरीर ६५ प्रतिशत जलेको बताइएको छ । वीर हस्पिटलको ईमरजेन्सीको रेड जोन वाडमा राखेर उपचार गरिरहेको बताइएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।