काठमाण्डु – राष्ट्रिय सभाको बिहीबारको बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ सर्वसम्मतिले पारित भएको छ ।
बैठकमा भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
अध्यादेशलाई विस्थापन गर्न ल्याइएको विधेयक प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त भएको हो । सभाले विधायन व्यवस्थापन समितिको संशोधन सहितको प्रतिवेदनलाई स्वीकार गरेको छ । विधेयक अब प्रतिनिधि सभामा फिर्ता जानेछ ।
विधेयकमाथिको छलफलमा उठेका प्रश्नमाथि जवाफ दिँदै मन्त्री रावलले समितिमा आएका संशोधन र सुझावप्रति धन्यवाद दिएकी छन् ।
विधेयकमाथि छलफलमा डा. प्रेम दङ्गालले संशोधनकर्ता सदस्यका विषयलाई सरकारले स्वीकार गरेकामा धन्यवाद दिए ।




प्रतिक्रिया