काठमाण्डु – प्रतिनिधि सभाको बिहीबारको दोस्रो बैठकमा राष्ट्रिय सभाबाट पारित भई सन्देशसहित प्राप्त ४ विधेयक टेबुल भएका छन् ।
बैठकमा टेबुल भएका विधेयकमा ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, २०८३’, ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, २०८३’, ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ र ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८३’ रहेका छन् ।
अध्यादेशलाई प्रतिस्थापन गर्न ल्याइएका ती ४ विधेयक बिहीबारै राष्ट्रिय सभाबाट पारित भएका थिए ।




प्रतिक्रिया