सम्पत्ति शुद्धीकरण रोकथामको कार्यान्वयनबारे सरकारको समीक्षा

सम्पत्ति शुद्धीकरण रोकथामको कार्यान्वयनबारे सरकारको समीक्षा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सरकारले सम्पत्ति शुद्धिकरण (मनी लाउन्डरिङ) नियन्त्रणका लागि नीतिगत तथा कार्यान्वयन पक्षको समीक्षा गरेको छ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको अध्यक्षतामा शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको सम्पत्ति शुद्धिकरण निवारण निर्देशक समितिको बैठकमा सम्पत्ति शुद्धिकरण नियन्त्रणसम्बन्धी नीति, कानुनी व्यवस्था र कार्यान्वयनको अवस्थाबारे छलफल भएको हो।

बैठकमा सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी नियन्त्रणसम्बन्धी नीतिगत समन्वय, कार्यान्वयनको प्रभावकारिता र सम्बन्धित निकायबीचको समन्वयलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको अर्थ मन्त्रालयले जनाएको छ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, मुख्यसचिव गोविन्दबहादुर कार्की, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट, गृहसचिव राजकुमार श्रेष्ठ, अर्थसचिव डा. घनश्याम उपाध्याय, कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगाना लगायत उपस्थित थिए।