गोकर्णेश्वरमा अक्सिजन सिलिण्डर विस्फोट हुँदा एकको मृत्यु

गोकर्णेश्वरमा अक्सिजन सिलिण्डर विस्फोट हुँदा एकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– काठमाण्डुको गोकर्णेश्वर नगरपालिका–४, माकलबारीमा फायर एक्सटिंग्विशर र अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बागलुङ घर भई माकलबारी बस्दै आएका ४१ वर्षीय विष्णु थापा छन् ।

काठमाण्डु प्रहरी परिसरका एसपी पवनकुमार भट्टराईका अनुसार शुक्रबार बिहान सवा १० बजेतिर बा.प्र. ०६–००१झ००१७ नम्बरको गाडीमा ढुवानी गरिएको दुई फायर एक्सटिंग्विशर र एउटा अक्सिजन ग्यास सिलिन्डर विस्फोट भएको थियो ।


घटनामा गम्भीर घाइते भएका थापाको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको एसपी भट्टराईले बताए ।

भट्टराईका अनुसार काठमाण्डुबाट सिन्धुपाल्चोक लाँदै गरिएको अक्सिजन सिलिण्डर पड्किएको हो भने मृतक थापा पैदलयात्री हुन् ।

मृतकको शव अत्तरलेलस्थित नेपाल मेडिकल कलेजमा राखिएको छ । प्रहरीले विस्फोटको कारणबारे अनुसन्धान थालिएको जनाएको छ ।