कानुनी शासन भएको देशमा पनि नागरिक लाई सास्ती नै सास्ती : पूर्वगृहमन्त्री शर्मा

कानुनी शासन भएको देशमा पनि नागरिक लाई सास्ती नै सास्ती : पूर्वगृहमन्त्री शर्मा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पूर्वगृहमन्त्री ओमप्रकाश शर्माले आत्मदाह गरेर निधन भएका गणेश नेपाली र उनको परिवारले न्याय पाउनु पर्ने बताएका छन् ।

नेपालीको उपचारका क्रममा निधन भएपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै शर्माले सुशासनको मेरूदण्ड कानुनी शासन भएको स्पष्ट पार्दै कानुनी शासन भएको देशमा आम नागरिकहरूलाई सास्ती नै सास्ती र सरकार सम्बद्ध व्यक्तिहरूलाई चाहिँ उन्मुक्ति नै उन्मुक्ति हुन नहुने उल्लेख गरेका छन् ।

‘कानुनी राज्य कसरी सञ्चालन हुन्छ ? सर्वप्रथमः सरकार सञ्चालनकर्ता स्वयंले बुझ्नु पर्छ, अनि नागरिकसंग सहकार्य गर्नु पर्छ’, उनले लेखेका छन्, ‘आज पनि देशमा नागरिकहरूसंग सहकार्य होइन, प्रतिद्वन्द्विता बढाउने क्रम जारी छ । फेरि पनि मुलुकलाई द्वन्द्व र अनिष्टको दुष्चक्रमा फसाउने गल्ती नहोस् । कानुनी राज्यमा नागरिकले मात्र होइन, सरकारले पनि विधिविधानको सही रूपमा पालना गर्नु पर्दछ । सबै विचारधारा, वर्ग समुदायहरूका नागरिकसंगको सहकार्यमा सत्य, निष्ठा र मानवताको आधारमा राज्य सञ्चालन हुनु पर्दछ ।’