काठमाण्डु– नेपाल र भारत ‘ए’ बीच तीन खेलको टी(२० अन्तर्राष्ट्रिय शृंखला आयोजना हुने भएको छ। खेल डिसेम्बर ९ देखि १३ डिसेम्बरसम्म काठमाण्डुस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भएको हो ।
नेपाल क्रिकेट संघ (क्यान)ले एक विज्ञप्ति जारी गर्दै सिरिज हुने जानकारी गराएको हो।
स्कटल्यान्डमा सम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को सम्मेलनका क्रममा उक्त शृंखला आयोजना गर्ने निर्णय भएको हो।
क्यानका अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्का तथा भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव देवजीत सैकियाबीच भएको बैठकपछि शृंखला हुने भएको हो ।




प्रतिक्रिया