भेनेजुएलामा अमेरिकाको हस्तक्षेपप्रति नेकपा अध्यक्ष प्रचण्ड असन्तुष्ट (विज्ञप्तिसहित)

भेनेजुएलामा अमेरिकाको हस्तक्षेपप्रति नेकपा अध्यक्ष प्रचण्ड असन्तुष्ट (विज्ञप्तिसहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल कम्युष्टि पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दक्षिण अमेरिकी मुलुक भेनेजुएलामा लोकतान्त्रिक तरिकाले निर्वाचित राष्ट्रपति निकालोस मदुरोको विरुद्धमा अमेरिका लगायतका राष्ट्रहरुले गरेको ‘हस्तक्षेप’ को निन्दा गरेका छन् ।

शुक्रबार एक विज्ञप्ती जारी गरी पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरी जनतालाई विभाजित गर्ने तथा शान्ति, सार्वभौमसत्ता र प्रजातन्त्रलाई चुनौति दिने काम गरिएको आरोप लगाएका छन् ।

अमेरिकाले भेनेजुएलाका विपक्षी नेतालाई अन्तरिम राष्ट्रपतिको मान्यता दिएपछि तनाव बढेको छ। त्यहाँका सत्तासीन राष्ट्रपति निकोलास मडुरोले डोनल्ड ट्रम्पले भेनेजुएलामा सत्ता हत्याउने प्रयत्न गरेको गरेको भन्दै आक्रोश व्यक्त गरेका छन्।

जुवान गुआइडोले आफैंलाई राष्ट्रपति घोषणा गर्नु र त्यसको अमेरिका लगायतका राष्ट्रले तत्कालै समर्थन गर्नुले प्रजातान्त्रिक ढंगले निर्वा्चित भेनेजुएलाका राष्ट्रपति र जनता विरुद्ध त्यहाँ ग्रान्ड डिजाइन प्रष्ट भएको प्रचण्डले आरोप लगाएका छन् । उनले वक्तव्यमा यो साम्राज्यवादी कु र आन्तरिक मामिलामा हस्तक्षेप अस्वीकार्य भएको जनाउँदै उनले वक्तव्यमा अमेरिकाले भेनेजुएलामा अमानवीय आर्थिक नाकाबन्दी गरेर शुन्यता र हिसांको अवस्था ल्याई सैनिक हस्तक्षेप गर्ने प्रयास एक दशक अघि देखि नै गरेको आरोप समेत लगाएका छन् ।

वक्तव्यमा यस्ता गतिविधि संयुक्त राष्ट्र संघको बडापत्र र शान्तिपूर्ण सहअस्तित्वमा गम्भीर खालको चुनौति भएको प्रचण्डले उल्लेख गरेका छन् ।   उनले अमेरिका लगायत उसको पक्षका राष्ट्रहरुलाई सार्वभौमसत्ता र शान्तिपूर्ण सहअस्तित्वमा अहस्तक्षेपको सिद्धान्तको सम्मान गर्न आग्रह गरेका छन् । उनले वक्तव्यमा संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्रा्ष्ट्रिय समुदायलाई भेनेजुएलाका राष्ट्रपति मदुरोको पक्षमा ऐक्यबद्धता जनाउन समेत आग्रह गरेका छन् ।