काठमाण्डु– पूर्वअर्थमन्त्री रामेश्वर खनालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारप्रति समेत जनतामा निराशा बढ्न थालेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
शनिबार सामाजिक सञ्जलामार्फत धारणा राख्दै खनालले देशका सबै दलप्रिित जनतामा निराशा बढ्दै जानु राम्रो संकेत नभएको बताएका हुन् ।
मुलुक अहिले सामान्य अवस्थामा नरहेको उनको भनाइ छ । पहिलाकाहरु खराब थिए, अहिलेका पनि खराबै रहेछन् भन्ने मत बढेको दाबी खनालले गरे ।
‘जे भइरहेको छ, सबै ठीक भएको छैन । उनीहरू खराब थिए । यी पनि खराबै रहेछन् । कुनै पार्टी ठीक छैनन् भन्ने मत बढ्दै जानु कदापि राम्रो होइन,’ खनालले भनेका छन् ।
परिस्थितिलाई सुधार्ने मुख्य जिम्मेवारी सरकारकै भएको उनले स्पष्ट गरे । जनविश्वास कायम गर्नका लागि आवश्यक पहल गर्न उनले सत्तापक्षलाई आग्रह गरे ।




प्रतिक्रिया