देशमा देवताको शासन छ, निमुखा नागरिकले बोल्न पाउँदैनन्ः हर्क साम्पाङ

देशमा देवताको शासन छ, निमुखा नागरिकले बोल्न पाउँदैनन्ः हर्क साम्पाङ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– श्रम संस्कृतिक पार्टीका अध्यक्ष हर्क साम्पाङले बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारलाई ‘देवताको शासन’ को संज्ञा दिएका छन् ।

शनिबार सामाजिक सञ्जालमार्फत उनले ‘देवताको शासन’ मा निमुखा नागरिकले बोल्न नपाउने बताएका हुन् ।

राहदानी विभाग अगाडि बिहीबार आफैंलाई आगो लगाएर आत्महदाह गरेका मुगुका युवा गणेश नेपालीको घटनासँग लक्षित गरी उनले ज्यान गुमाउने पीडितलाई नै दोष दिने प्रवृत्ति हाबी भएको बताए ।

उनले देवताका भक्तहरुले जरिवाना तिर्न नसकेर मर्नेकै गल्ती हुने तर्क गरिरहेको उनको भनाइ छ । ‘देवताको शासन हो यो । यहाँ बोल्न पाइँदैन । यहाँ देवतालाई दोष्दा पाप लाग्छ, पाप । तिम्रै गल्तीले जरिवाना तिर्न नसकेको कारण तिमीलाई कमजोर भन्नेहरू उनैका भक्त हुन्’, राईले लेखेका छन् ।

पात्र फेरिए पनि प्रवृत्ति र शासन उस्तै रहेको दाबी गर्दै राईले पसिना गन्हाउने गरिब नागरिकले युरोप–अमेरिकाको अत्तर गन्हाउनेहरूलाई भोट दिउन्जेलसम्म देशमा परिवर्तन नआउने ठोकुवा गरे ।


गरिबले गरिबको हित गर्ने र गरिबको पक्षमा नीति बनाउने पार्टीलाई नचिन्नु वर्तमान दुर्भाग्यको अर्को कारण रहेको साम्पाङले उल्लेख गरेका छन् ।

धेरैका लागि यो घटना एउटा समाचार मात्रै भए पनि आफ्ना लागि गणेश नेपाली एउटा बिम्ब, इतिहास, विद्रोह र अमर सन्देश भएको सांसद साम्पाङले उल्लेख गरे ।

मृतकका बाबुआमा र आफन्तजनलाई लागेको गहिरो चोट आफूले महसुस गर्न सक्ने भन्दै उनले गरिब र निमुखाको न्यायको पक्षमा निरन्तर लड्ने प्रतिबद्धता जनाए । ‘कोही तिम्रो न्यायको पक्षमा उभियोस् नउभियोस्, तर म सधैँ तिम्रो पक्षमा कराउनेछु, आवाज उठाउनेछु’, साम्पाङले लेखेका छन्, ‘ ‘तिमी जस्ता लाखौं युवालाई यही देशमा रोजगारी दिनुपर्छ भन्ने माग लिएर एक्लै भए पनि सडक, सञ्जाल र सदनमा बरबराइरहनेछु ।’

जतिसुकै गाली खाए पनि आफू पछि नहट्ने बताउँदै सांसद साम्पाङले आगो पिएर बाँच्ने विवश कथा आफूसँग रहेको बताए ।