आज बागमतीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

आज बागमतीका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज विश्वासको मत लिदैं छन् । दिउँसो ४ बजे बस्ने प्रदेशसभा बैठकमा थापाले विश्वासको मत माग्ने कार्यसूची रहेको छ ।

बागमतीमा कांग्रेस नेतृत्वको सरकार ढलेपछि एमालेका किरण थापा नेकपा र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

हिजो पटकपटक बैठक सरेर राति ८ बजेका लागि तय भएको थियो । तर निर्धारित समयमा बस्न नसकेपछि आजका लागि आह्वान भएको हो ।

हिजो विश्वासको मत लिने बेला नेकपाका ७ सांसद अनुपस्थित भएपछि मुख्यमन्त्री थापा थप दबाबमा परेका थिए ।

मुख्यमन्त्री थापालाई विश्वासको मतका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ। एमाले र नेकपाका सबै सांसदले पक्षमा मतदान गरे पनि दुई मत अपुग हुने भएकाले राप्रपाका १२ सांसदमध्ये कम्तीमा ९ जनाको समर्थन आवश्यक पर्ने छ।