काठमाण्डु– साताको कारोबारको पहिलो दिन सेयर बजारमा भारि गिरावट आएको छ । यस दिन नेप्से ३० अंकले घटेर परिसुचक २५७० अंकमा कायम भएको छ ।
यो गिरावटसँगै बजार करिब ८ महिनाकै न्यून बिन्दुमा झरेको छ । गत मंसिर ४ गते नेप्से २५६० अंकमा थियो ।
यसदनि कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ६ अर्ब ८६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४६ करोडको भयो । यो कारोबार रकम भने वैशाख ९ यताकै उच्च हो ।
२२ कम्पनीको मूल्य बढ्दा २४९ को घट्यो भने ४ को स्थिर रह्यो । सामुदायिक लघुवित्तको मूल्य ५.३७ तथा आत्मनिर्भर लघुवित्तको ५ प्रतिशत मूल्य बढ्यो भने उपकार लघुवित्तको मूल्य ११.२८ प्रतिशत घट्यो ।
यसदनि व्यापार सबैभन्दा धेरै २.३० प्रतिशत घट्यो । बैंकिङ ०.६८, विकास बैंक ०.८३, फाइनान्स १.३२, होटल तथा पर्यटन १.९९, जलविद्युत् १.९८, लगानी ०.८८, जीवन बीमा १.०७, उत्पादन तथा प्रशोधन १.३६, माइक्रोफाइनान्स ०.८७, निर्जीवन बीमा ०.७५, अन्य ०.८५ तथा व्यापार २.३० प्रतिशत घटे ।




प्रतिक्रिया