नयाँ दिल्ली-भारतमा मतदाता सूचीको विशेष गहन पुनरावलोकन (एसआईआर) लाई लिएर राजनीतिक प्रदर्शन भइरहेका बेला भारतीय जनता पार्टी ९भाजपा० ले कांग्रेस नेता राहुल गान्धी भियतनाम गएको दाबी गरेको छ।
भाजपाले सामाजिक सञ्जाल एक्समा विमानभित्रको एउटा भिडियो पोस्ट गर्दै त्यसमा देखिएका व्यक्ति राहुल गान्धी भएको दाबी गरेको हो। तर, भिडियोमा देखिएका व्यक्तिको पहिचान र विमान भियतनामतर्फ गएको विषयमा स्वतन्त्र पुष्टि हुन सकेको छैन।
भाजपाले भिडियोसँगै व्यंग्यात्मक टिप्पणी गर्दै लेखेको छ, ‘झूट फैलाउँदा फैलाउँदा थाकें। केही दिन भियतनाम घुमेर आउँछु, कसलाई के थाहा हुन्छ र’ ?
कांग्रेसले भने राहुल गान्धीको विदेश भ्रमणलाई राजनीतिक मुद्दा बनाइएको भन्दै भाजपाको आलोचना गरेको छ। कांग्रेस नेता सन्दीप दीक्षितले अरू नेताहरू पनि विदेश भ्रमणमा जाने गरेको उल्लेख गर्दै राहुल कहाँ जान्छन् र कहिले यात्रा गर्छन् भन्ने विषयलाई विवाद बनाउन नहुने बताए।
‘राजनीतिक कामको दबाब सहन सक्दैनन् राहुल’
भाजपा प्रवक्ता आरपी सिंहले राहुल गान्धी यसअघि पनि यस्तै गर्दै आएको आरोप लगाए। बिहारमा यात्रा गरेपछि पनि उनी भियतनाम गएको उल्लेख गर्दै सिंहले यसपटक पनि त्यतै गएको हुन सक्ने दाबी गरे।
भाजपा नेतृ शाजिया इल्मीले पनि राहुल गान्धी राजनीतिक कामको दबाब सहन नसक्ने र केही समयपछि बिदामा जाने गरेको आरोप लगाइन्। उनले राहुलले दुई सातासम्म पनि काम गर्न नसकेको भन्दै विदेश गएको टिप्पणी गरिन्।
‘राहुल विद्यार्थी र बुद्धिजीवीसँग भेट्छन्’
कांग्रेस नेता सन्दीप दीक्षितले भाजपाको आरोपको प्रतिवाद गर्दै राहुल गान्धी विदेशमा विश्वविद्यालयका विद्यार्थी र बुद्धिजीवीहरूसँग भेटघाट गर्ने गरेको बताए।
उनका अनुसार राहुलले येल विश्वविद्यालय र लन्डनमा विद्यार्थीहरूसँग संवाद गर्ने, बुद्धिजीवीहरूसँग भेट्ने र सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिने गरेका छन्।
दीक्षितले प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश भ्रमणको प्रसंगसमेत उठाए। संसद् अधिवेशनका बेला विदेश भ्रमण नगर्ने परम्परा प्रधानमन्त्रीले पनि तोडेको उल्लेख गर्दै उनले राहुलको भ्रमणमा मात्रै प्रश्न किन उठाइएको भन्दै प्रतिप्रश्न गरे।
एसआईआरलाई लिएर राजनीतिक टकराव
राहुल गान्धीले मतदाता सूचीको विशेष गहन पुनरावलोकन ९एसआईआर० प्रक्रियामा अनियमितता भएको भन्दै निर्वाचन आयोगमाथि प्रश्न उठाउँदै आएका छन्। उनले मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामासमेत मागेका छन्।
अक्टोबर १२ मा राहुल गान्धी, प्रियंका गान्धी वाड्रा र विपक्षी गठबन्धन ुइन्डियाुका नेताहरूले दिल्लीमा सर्वोच्च अदालततर्फ मार्च गरेका थिए। त्यसपछि उनीहरूले यस विषयमा निवेदनसमेत दिएका थिए।
निवेदनमा सर्वोच्च अदालतका अवकाशप्राप्त न्यायाधीशको नेतृत्वमा स्वतन्त्र समिति गठन गर्न माग गरिएको छ। समितिले एसआईआरका क्रममा मतदाता सूचीबाट हटाइएका नाम र गरिएका परिवर्तनको निश्चित समयभित्र स्वतन्त्र लेखापरीक्षण गर्नुपर्ने माग गरिएको छ।
राहुलको विदेश भ्रमणबारे यसअघि पनि विवाद
राहुल गान्धीको विदेश भ्रमणलाई लिएर भाजपा र कांग्रेसबीच यसअघि पनि पटकपटक विवाद भएको छ।
फेब्रुअरी(अप्रिल २०१५स् संसद्को बजेट अधिवेशन सुरु भएका बेला राहुल बिदामा गएका थिए। उनी १६ अप्रिलमा फर्किएका थिए। उनको अनुपस्थितिलाई लिएर भाजपाले प्रश्न उठाएको थियो।
सेप्टेम्बर २०१५स् बिहार विधानसभा निर्वाचनअघि राहुल अमेरिकाको एस्पेनमा आयोजित सम्मेलनमा सहभागी हुन गएका थिए। भाजपाले चुनावी प्रचारबाट टाढा रहन विदेश गएको आरोप लगाएको थियो।
डिसेम्बर २०२४स् पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनपछि राहुल भियतनाम गएको भन्दै भाजपाले आलोचना गरेको थियो। उनले नयाँ वर्ष मनाउन भ्रमण गरेको आरोप भाजपाले लगाएको थियो।
मार्च २०२५स् होलीका बेला राहुल भियतनाम गएको भाजपाको दाबी थियो। कांग्रेसले भने उनी भियतनामको आर्थिक मोडल अध्ययन गर्न जाने गरेको बताएको थियो।
डिसेम्बर २०२५स् संसद्को शीतकालीन अधिवेशन चलिरहेका बेला राहुलको जर्मनी भ्रमणलाई लिएर भाजपाले प्रश्न उठाएको थियो। उनी डिसेम्बर १५ देखि २० सम्म जर्मनी जाने कार्यक्रम थियो।
जनवरी २०२६स् भियतनामको हनोई विमानस्थलमा राहुलसँग भेट भएको दाबी गर्दै एक भारतीय ट्राभल ब्लगरले तस्बिर र भिडियो सार्वजनिक गरेका थिए।
त्यसपछि भाजपाले उनलाई ुलिडर अफ द अपोजिसनु नभई ुलिडर अफ पार्टीइङ एन्ड टुरिज्मु भन्दै व्यंग्य गरेको थियो।
मार्च २०२६स् गृहमन्त्री अमित शाहले संसद्मा राहुल गान्धीको संसदीय उपस्थितिमाथि प्रश्न उठाउँदै विभिन्न वर्षका विदेश भ्रमणको प्रसंग उल्लेख गरेका थिए।
उनले सन् २०१७ मा जर्मनी, २०२५ मा भियतनाम, २०२३ मा बेलायत तथा सन् २०१८ मा सिंगापुर र मलेसिया गएको बताएका थिए।
भाजपाले राहुलको विदेश भ्रमण र संसदीय गतिविधिलाई लिएर आलोचना गर्दै आएको छ भने कांग्रेसले उनको भ्रमणलाई राजनीतिक र बौद्धिक संवादसँग जोडेर बचाउ गर्दै आएको छ।


प्रतिक्रिया