सम्पत्ति छानबिन आयोगको सूचना : न्यायाधीश र सेनाबाहेक सबैले सम्पत्ति विवरण बुझाउनू

सम्पत्ति छानबिन आयोगको सूचना : न्यायाधीश र सेनाबाहेक सबैले सम्पत्ति विवरण बुझाउनू

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सम्पत्ति छानबिन आयोगले नेपालको संविधानमा विशेष व्यवस्था भएका अधिकारीहरू बाहेकले सम्पत्ति विवरण समयमै बुझाउन आग्रह गरेको छ ।

सर्वोच्च अदालतको अन्तरिम आदेशपछि सोमबार सार्वजनिक सूचना जारी गर्दै आयोगले संविधानमा विशेष व्यवस्था भएका व्यक्तिहरूबाहेक अरुको सम्पत्ति छानबिन कार्य जारी रहने जनाएको छ । आयोगले असार मसान्तभित्र सम्पत्ति विवरण बुझाउने समयावधि तोकेको छ ।

आयोगको सूचनामा उल्लेख छ, ‘राजनीतिक र अन्य पदाधिकारीहरूको हकमा सम्पत्ति विवरण संकलन, छानबिन र प्रतिवेदन पेश गर्ने समेतको काममा उक्त आदेशबाट रोक लगाएको भन्ने नदेखिँदा सबैमा जानकारीको लागि प्रकाशित गरिएको छ ।’

आयोगले भनेको छ, ‘संविधानको धारा २३९(१)को प्रतिबन्धात्मक वाक्यंशमा उल्लिखित छुट्टै व्यवस्था भएका पदाधिकारीहरू र पूर्व न्यायाधीश लगायतका संवैधानिक पदाधिकारी तथा नेपाली सेनाको पूर्व अधिकृतहरूको हकमा छानबिनको दायरामा नपार्नु भन्ने देखिन आएको … ।’

हेर्नुहोस् सार्वजनिक सूचना –