काठमाण्डु – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारतको गुहाटी मदनपुर आसाम बस्ने २६ वर्षीय जावरूल हक र काठमाण्डु बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–६ घर भएका २४ वर्षीय सरोज कार्की रहेका छन् ।
साइबर ब्यूरो भोटाहिटी काठमाण्डुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाण्डुका विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा जावरूलले पीडित महिलाको अश्लील भिडियो/तस्वीर दुरूपयोग गरी ब्ल्याकमेल गर्नुका साथै दु:ख हैरानी दिई अनुचित लाभका लागि बारम्बार दबाब दिएको र आफ्नो अभीष्ट पूरा नभएपश्चात् अश्लील भिडियो/तस्वीर सामाजिक सञ्जाल टिकटकमा अपलोड गरी चरित्र हत्या गरेको खुल्न आएको छ ।
सरोजले अध्ययनको सिलसिलामा चिनजान भई साथी बनी प्रेम सम्बन्धमा समेत रहेको र सम्बन्ध छुटेपश्चात बारम्बार चरित्र हत्या गर्ने उद्देश्यले फेसबूकमार्फत अश्लील सामग्रीहरू पोष्ट गरी पीडितलाई दु:ख हैरानी, मानसिक तनाव दिने कार्य गरेको खुल्न आएको छ ।
उनीहरूउपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाण्डुबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया