काठमाण्डु – अभिनेत्री केकी अधिकारीले स्टन्टले देश नबन्ने बताउँदै कतिले रोजगारी पाए भनेर प्रश्न गरेकी छन् ।
सोमबार साँझ सामाजिक सञ्जाल फेसबूकमा टिप्पणी गर्दै अभिनेत्री अधिकारीले सोधिन्, ‘स्टन्टले देश बन्दैन ! हरेक दिन कतिवटा रोजगारी सिर्जना गर्न सकियो ? कतिले रोजगारी पाए ? अब जनताले सोध्ने दिन आए ।’
उनले रोजगारीको प्रत्येक दिनको उपलब्धि दिन पनि आग्रह गरिन् । उनले देखेकी छन्, ‘खै रोजगारीको प्रत्येक दिनको उपलब्धिको लिस्ट राखौं बरु । त्यस्तो स्टन्टले चाहिँ पक्कै देश बन्ला । जनताको निराशा पनि पक्कै हटेर जाला । यो सस्तो स्टन्टले देश बन्दैन !’




प्रतिक्रिया