आरोग्य कन्स्ट्रक्सनसहित ६ निर्माण कम्पनी परे कालो सूचीमा

आरोग्य कन्स्ट्रक्सनसहित ६ निर्माण कम्पनी परे कालो सूचीमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– सार्वजनिक खरिद अनुगमन कार्यालयले ६ वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ।

कार्यालयले मंगलबार सूचना जारी गर्दै जिम्मा लिएको काम समयमै पूरा नगर्ने ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको हो ।

सरकारले सरोज कन्स्ट्रक्सन सुनसरी, आरोग्य कन्स्ट्रक्सन प्रालि र शान्ति निर्माण सेवा प्रालि ललितपुर, क्रेटर कन्स्ट्रक्सन प्रालि भक्तपुर, कृष्टल एण्ड श्रवण निर्माण सेवा काठमाण्डु, श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालि हेटौँडा नामका निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो।

विभिन्न निकायबाट कालो सूचीमा राख्नको लागि लेखि पठाएअनुसार ती निर्माण कम्पनीलाई कालो सूचीमा राखिएको जानकारी दिएको छ ।

ती निर्माण कम्पनीलाई एक वर्षदेखि तीन वर्षसम्मका लागि कालो सूचीमा राखिएका छन् । अव ती कम्पनीले यस अवधिमा अब कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउने छैनन्।