‘बोल्न दे सरकार’ भन्ने बालेन र अहिलेका प्रधानमन्त्री एउटै हुन्? : निश्कल राई

‘बोल्न दे सरकार’ भन्ने बालेन र अहिलेका प्रधानमन्त्री एउटै हुन्? : निश्कल राई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेस संसदीय दलका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) निरंकुश शैलीमा अघि बढिरहेको आरोप लगाएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै राईले प्रधानमन्त्रीमाथि प्रश्न गर्नसमेत नपाइने अवस्था सिर्जना भएको टिप्पणी गरे।

‘श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन,’ उनले व्यंग्य गर्दै भने।

उनले कुनै बेला ‘बोल्न दे सरकार’ भन्दै सरकारको आलोचना गर्ने बालेन्द्र शाह र अहिले प्रधानमन्त्री बनेपछि देखिएको कार्यशैलीबीच ठूलो अन्तर रहेको बताए।

‘कुनै बेला बोल्न दे सरकार, गरिबको चमेली बोलिदिने कोही छैन भन्ने बालेन्द्र शाह र अहिलेका प्रधानमन्त्री एउटै व्यक्ति हुन् कि होइनन् भन्ने प्रश्न उठेको छ,’ उनले भने।

राईले राज्य अनधिकृत नेटवर्कमार्फत सञ्चालन हुन थालेको आरोप पनि लगाए। सुरक्षा घेराभित्र अनधिकृत व्यक्तिहरू सक्रिय रहेको दाबी गर्दै त्यसबारे सत्ता पक्षका सांसदहरू मौन बसेको उनको भनाइ थियो।

उनले सोमबार देखिएको घटनाक्रमलाई सरकारको अलोकतान्त्रिक प्रवृत्तिको उदाहरणका रूपमा उल्लेख गरे।

कांग्रेस सभापति गगन थापा र सञ्चारमाध्यमको कार्यालयअगाडि गाडी तेर्स्याउने घटना लोकतान्त्रिक मूल्य–मान्यताविपरीत रहेको उनको भनाइ थियो।