काठमाण्डु आउँदै गरेका मिटरब्याजपीडितलाई बीचमै रोकेर गृहमन्त्रीले गरे वार्ता

काठमाण्डु आउँदै गरेका मिटरब्याजपीडितलाई बीचमै रोकेर गृहमन्त्रीले गरे वार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– गृहमन्त्री सुधन गुरुङले जनकपुरधामबाट पैदलै काठमाण्डु आउँदै गरेका मिटरब्याजपीडितलाई बिच बाटोमै रोकेर वार्ता गरेका छन्।

मंगलबार बिहान उनीहरूलाई बाराको निजगढमा रोकेर गृहमन्त्री गुरुङले वार्ता गरेका हुन्।

पटकपटक आन्दोलन गर्दै आएका मिटरव्याज पीडितले यही असार २५ गतेदेखि जनकपुरबाट काठमाण्डुको पैदल यात्रा सुरु गरेका थिए।

प्रधानमन्त्री बन्नुअघि वालेन्द्र साहले जनकपुरधामबाटै गरेको सम्बोधनमा मिटरब्यजबाट पीडित भएकाहरूको समस्या समाधान गर्ने उद्घोष गरेता पनि १०० दिन बितिसक्दा पनि आफूहरुलाई बेवास्ता गरेको उनीहरूको गुनासो छ ।