काठमाण्डु– सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको दक्षिण गेट अगाडि होहल्ला गरेपछि प्रहरीले एक महिलालाई नियन्त्रणमा लिएको छ।
अन्दाजी ४५–५० वर्षीया रीना मानन्धरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
मंगलबार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयतर्फ प्रवेश गदैं अनावश्यक शब्द प्रयोग गर्दै होहल्ला गरेकी थिइन्।
उक्त घटनापछि सुरक्षामा खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिई आवश्यक सोधपुछपछि सिंहदरबारको दक्षिण गेट बाहिर पठाएको जनाएको छ।




प्रतिक्रिया