नेप्से परिसूचक ६ दशमलव ११ अंकले बढ्यो

नेप्से परिसूचक ६ दशमलव ११ अंकले बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक मंगलबार झिनो अंकले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ६ दशमलव ११ अंकले बढेर २ हजार ५७६ दशमलव २६ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ० दशमलव ७९ अंकले उकालो लागेर ४५१ दशमलव ३४ मा पुगेको छ । फ्लोट सूचक ० दशमलव ३२ अंकले बढेर १७६ दशमलव ८८ मा पुगेको छ ।

सेन्सेटिभ फ्लोट सूचक भने ० दशमलव २० अंकले बढेर १५२ दशमलव ५० मा पुगेको छ । मंगलबार विभिन्न कम्पनीको १ करोड ८२ लाख ९३ हजार ५९६ कित्ता सेयर ८ अर्ब ४१ करोड ७५ लाख ७० हजार ४२५ मूल्यमा खरिद बिक्री भएको छ ।

मंगलबार १३ उपसमूहमध्ये १२ उपसमूह बढ्यो भने १ उपसमूह घट्यो । मंगलबार १६४ कम्पनीको सेयर बढ्यो भने १०१ कम्पनीको सेयर घट्यो । त्यसैगरी १० कम्पनीको सेयर स्थिर रह्यो । नेप्सेका अनुसार कामना सेवा विकास बैंकको डिबेञ्चर, साङ्ग्रिला विकास बैंकको डिबेञ्चर, उपकार लघुवित्त संस्था लगायतका लगानीकर्ताले कमाएका छन् भने सामुदायिक लघुवित्त वित्तीय संस्था, नेपाल एसबीआई बैंक डिबेञ्चर र स्वावलम्वन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् ।