वायुसेवा निगमको कार्यकारी अध्यक्षमा श्रेष्ठ नियुक्त, सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता

वायुसेवा निगमको कार्यकारी अध्यक्षमा श्रेष्ठ नियुक्त, सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सरकारले नेपाल वायुसेवा निगम सञ्चालक समितिको अध्यक्ष महेश्वरभक्त श्रेष्ठलाई महाप्रबन्धक समेतको काम गर्ने गरी कार्यकारी अध्यक्ष पदमा नियुक्त गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नियुक्तिको निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।

बैठकले बीउबिजन पहिलो संशोधन नियमावली २०८३ स्वीकृत गर्ने, सशस्त्र प्रहरी बल नेपालको खोज उद्धारमा खटिने कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने, अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक हासिल खेलाडी, प्रशिक्षक, सहायक प्रशिक्षक, फिजियो र व्यवस्थापकलाई नगद पुरस्कार र सम्मानपत्र प्रदान गर्ने निर्णय समेत गरेको छ ।

बैठकले अनुचित लेनदेन मिटरब्याज सम्बन्धमा नेपाल सरकारको निर्णय बमोजिम विगतमा गठन भएका विभिन्न आयोगका प्रतिवेदन गृह मन्त्रालयले तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको प्रवक्ता पोखरेलले जानकारी दिए ।